मधेसः हराएकी ४ वर्षीया बालिका मृत भेटिइन्


पर्सा । वीरगञ्जमा दुई दिनदेखि हराईरहेकी ४ वर्षीया बालिककाको शव फेला परेको छ ।

वीरगञ्ज २ छपकैया घुसुकपुर बस्ने सिकन्दर अलीको छोरी सुहाना खातुनको शव फेला परेको हो । बिहान स्थानीयले बालिकाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

सुहाना साउन ५ गते बिहीबार अपरान्हदेखि नै हराएकी थिइन् । तर, अभिभावकले छोरी हराएको निवेदन साउन ६ गते शुक्रबार मात्रै प्रहरीकोमा दिएका थिए ।

बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटनामा संलग्न भएको हुन सक्ने भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

प्रकाशित : २०७९ श्रावण ७, शनिबार १०:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ