आमा बनिन् ‘लक्ष्मीकली’, स्याहार गर्न कर्मचारीलाई भ्याइनभ्याइ


विराटनगर । कोसी टप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा रहेकी लक्ष्मीकली हात्तीले छावा जन्माएकी छन् । १४ वर्षीय लक्ष्मीकलीले शनिबार राति भाले छावा जन्माएको हो ।

लक्ष्मीकलीको यो पहिलो सन्तान हो । यसअघि १६ महिनाको गर्भ तुहिइएको थियो । राति जन्मिएको छावा दुब्लो भए पनि स्वस्थ्य रहेको हात्तीसारका अधिकृत रामगुलाम चौधरीले बताए ।

उनका अनुसार लक्ष्मीकलीको बुबा भने मकुना हात्ती हो । गत असोज १७ गतेकोसी टप्पु वन्यजन्तु आरक्षमा बस्दै आएको मकुना हात्ती मानवीय धरापमा मारिएको थियो ।

लक्ष्मीकलीले जन्माएको सन्तानको भने नाम राखिएको छैन । १२ दिनपछि न्वारान गर्ने आरक्षको तयारी छ । चौधरीका अनुसार लक्ष्मीकली आरक्षमै जन्मीएको मत्ता हात्ती हो । लक्ष्मीकली आरक्षको पुरानो ५८ वर्षीय हात्ती शोभाकलीको सन्तान हो ।

गत मंसिर ११ गते शोभाकलीले पनि छावा जन्माएकी थिइन् । शोभाकलीको जन्माएको छावाको नाम रामसारगज राखिएको थियो । तर जन्मिएको २२ दिनपछि रामसारगजको मरेको थियो ।

लक्ष्मीकलीले छावा जन्माएपछिआरक्षका आरक्षका कर्मचारीलाई स्याहार गर्न भ्याइनभ्याइ छ । सामान्य अवस्थामा भन्दा सुत्केरी हुँदा बढी स्यहारमा ध्यान दिनुपर्ने चौधरी बताउँछन् । ‘सुत्केरी हात्तीको स्याहारमा अलिक बढी ध्यान दिनुपर्छ’ उनले भने, ‘बच्चालाई पर्याप्त दूधका लागि माउलाई पोसिलो खानेकुरा खुवाउनु पर्छ ।’

आरक्षको हात्तीसारमा शोभाकली, दमदमीकली, अम्रिकाकली, सरस्वतीकली, लक्ष्मीकली, कोसीकली र कुसाहाकली गरी सातवटा ढोई तथा उत्तरगज नामक एउटा मत्ता गरी आठवटा सरकारी घरपालुवा हात्ती छन् । – अनलाइनखबर

प्रकाशित : २०७९ श्रावण ९, सोमबार १५:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ