जापान उड्न लागेकी सपनालाई किन काठमाडौं फर्काइयो ?


काठमाडौं । नयाँ दिल्लीबाट जापान जान लागेकी एक नेपाली महिलालाई सोमबार त्यहाँको अध्यागमनले काठमाडौं फर्काई दिएको छ ।

नेपाल एयरलाइन्सले ती महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओराले लगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

स्रोतका अनुसार प्रहरीले नियन्त्रणमा लिएकी ती महिला बाँकेको कोहलपुर-२ की २२ वर्षीया सपना मल्ल रहेकी छिन् । बाँकेबाट स्थल मार्ग हुँदै भारत गएकी ती महिला नेपालको बाटो छलेर जापान उड्न लागेकी थिइन् ।

ठगी सम्बन्धी उजुरीपछि मल्लविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । मल्ल विवाहित हुन् ।

प्रकाशित : २०७९ श्रावण १०, मंगलवार ०८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ