विप्लवसहित चार कम्युनिस्ट पार्टीद्वारा आन्दोलनको घोषणा


काठमाडौं । चारवटा कम्युनिस्ट पार्टीहरुले देशव्यापी संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

विप्लव नेतृत्व र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेकपा समाजवादीले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै एसपीपी, महँगी र नागरिकता विधेयकका विरुद्ध आन्दोलनका घोषणा गरेका हुन् ।

साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यसपछि पुनः बैठक बसेर दोस्रो चरणका कार्यक्रम घोषणा गरिने एक नेताले जानकारी दिए ।

प्रकाशित : २०७९ श्रावण १०, मंगलवार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ