प्रदीप गिरि फेरि मेडिसिटी अस्पतालमा भर्ना


काठमाडौं । भारतको मुम्बईमा क्यान्सर उपचारपछि काठमाडौं फर्केका नेपाली कांग्रेसका नेता प्रदीप गिरि फेरि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका छन् ।

दुई दिनअघि काठमाडौं फर्केका उनमा निमोनिया देखिएसँगै मेडिसिटी भर्ना भएका हुन् । उनीसँग निकट रहेका पत्रकार किशोर नेपालले दिएको जानकारी अनुसार गिरिको स्वास्थ्यमा सामान्य समस्यामात्रै देखिएको हो ।

‘उहाँ सम्भवतः भोलि नै डिस्चार्ज हुन सक्नुहुन्छ भन्ने थाहा भएको छ,’ नेपालले भने । कांग्रेस सांसदसमेत रहेका चिन्तक प्रदीप गिरि केही समययता अस्वस्थ रहँदै आएका थिए ।

शारीरिक अस्वस्थताकै कारण कांग्रेसको पछिल्लो महाधिवेशनमा उनी सक्रिय रुपमा सहभागी भएनन् । सुरुमा उनको घाँटीमा समस्या देखिएको थियो । त्यसपछि उनी हिन्दुजा अस्पतालमा भर्ना भएका थिए । – अनलाइनखबर

प्रकाशित : २०७९ श्रावण १०, मंगलवार १७:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ