एकैपटक २२४ जिल्ला न्यायाधीशको सरुवा, हेर्नुहोस् को कहाँ पुगे


काठमाडौं । न्याय परिषदले जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको परिषदको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।

जिल्ला अदालत काठमाडौंको न्यायाधीशमा दीपककुमार पोखरेललाई सरुवा गरिएको छ । उनी यसअघि महोत्तरी जिल्ला अदालतमा कार्यरत थिए । यस्तै, जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारी र तनहुँ जिल्ला अदालतमा कार्यरत वासुदेव पौडेल पनि काठमाडौंमा सरुवा भएका छन् ।

न्यायाधीश दीपक खनाल, कास्की जिल्ला अदालतका डण्डपाणि शर्मा, बारामा कार्यरत दयाराम ढकाल र ईश्वरीप्रसाद गौतम, जिल्ला अदालत दाङका हिमलाल बेल्वासे, स्याङ्जामा कार्यरत सूर्यबहादुर थापा पनि काठमाडौंको न्यायाधीशमा सरुवा भएका छन् ।

झापाका नारायणप्रसाद पराजुली, बारका प्रकाशप्रसाद पण्डित, मोरङका किशोर घिमिरे, सप्तरीका नारायणप्रसाद दाहाल, पर्साका नारायणप्रसाद शर्मा, झापाका शंकरबहादुर राई, बाँकेका दुर्गाबहादुर भुसाल, रुपन्देहीका दीपक ढकाल र कमलप्रसाद ज्ञवाली, धनुषाका केशवप्रसाद घिमिरे, पर्साका माधवप्रसाद मैनाली र प्रमप्रसाद न्यौपाने पनि काठमाडौं सरुवा भएका छन् ।

यस्तै झापाका विनोद खतिवडा, बाजुराका माधवप्रसाद घिमिरे, मनाङका चन्द्रप्रकाश तिवारी र चितवन जिल्ला अदालतकी न्यायाधीश शकुन्तला कार्की पनि जिल्ला अदालत काठमाडौंमा सरुवा भएका छन् । को कहाँ ?

प्रकाशित : २०७९ श्रावण १०, मंगलवार १९:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ