एसईई नतिजा : मधेशका १५३१ विद्यार्थीले ल्याए सबैभन्दा उच्च ३.६ देखि ४ जीपीए


काठमाडौं । भर्खरै राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईई परीक्षामा वागमती प्रदेशबाट सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन् ।

त्यस्तै, लुम्बिनी र प्रदेश १ को नतिजा पनि तुलनात्मक रुपमा राम्रो रहेको छ । राष्ट्रिय परीक्षा बोर्डको नतिजाअनुसार मधेश प्रदेशका एक हजार ५३१ जना (१५ प्रतिशत)ले विद्यार्थीले सबैभन्दा उच्च ३.६ देखि ४ जीपीए ल्याएका छन् भने दोस्रोमा प्रदेश १ का १ हजार १८७ (१२ प्रतिशत) विद्यार्थीले जीपीए ल्याएर उर्तीण भएका छन् ।

दोस्रो उत्कृष्ट मानिएको ३.२ देखि ३.६ जीपीए पनि मधेश प्रदेशमा नै ७ हजार ३७४ (१७ प्रतिशत) जना विद्यार्थीले ल्याउँदा प्रदेश १ मा भने १६.७० प्रतिशतले उक्त जीपीए प्राप्त गरेका छन् ।

बाँकी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरेर ५ वटै प्रदेशका भने एक प्रतिशत विद्यार्थीले पनि सबैभन्दा उच्च मानिएको ३.६ देखि ४.० जीपीए ल्याउन सकेनन् । यद्यपि संख्यात्मक रुपमा हिसाब गर्दा भने सबैभन्दा धेरै वागमती प्रदेशमा ४ हजार ६०२ जना विद्यार्थीले उक्त जीपीए ल्याए ।

प्रकाशित : २०७९ श्रावण ११, बुधबार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ