धनुषामा मात्रिका रोक्न प्रचण्ड सक्रिय ! महतो विरुद्ध झा


जनकपुरधाम । सत्तासीन गठबन्धन दलहरुबीच धनुषा जिल्लामा राजनीतिक समीकरण बिग्रने संकेत देखिन थालेको छ ।

माओवादी केन्द्रका नेता मात्रिका यादव धनुषाको निर्वाचन क्षेत्र नम्बर १ बाट चुनाव लड्ने पक्कापक्की रहेको बेला उनका विरोधीहरुले प्रचण्डका लागि सर्वाधिक सुरक्षित भन्दै चुनाव लडाउन लविंग थालेका छन् । प्रतिनिधि सभामा यादव सो क्षेत्रबाट निर्वाचित सांसद हुन् ।

स्थानीय तहमा समेत राम्रो प्रदर्शन गरेको माओवादीले गठबन्धनबाट उठाउने उम्मेदवारको जित सुनिश्चित देखिन्छ । तर यादवको टिकट नै रोक्न अध्यक्ष प्रचण्डलाई सो क्षेत्रबाट लडाउन लविंग गर्न थालिएको छ ।

त्यसैगरी धनुषाको निर्वाचन क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा)ले उम्मेदवार बनाउन लागेको ठेकेदार बलराम महतोलाई स्वीकार गर्न नसकिने धम्की दिदै नेकपा एकीकृत समाजवादी (एस)का नेता रामचन्द्र झाले कडा प्रतिक्रिया जनाएका छन् । सामाजिक सञ्जालमा बुधबार सार्वजनिक गरेको प्रतिक्रियामा झाले भनेका छन्, ‘म सामूहिक नेतृत्वप्रति निष्ठा राख्ने व्यक्ति हुँ, पार्टी, गठबंधन र कार्यकर्ताहरुको निर्णय वा सहमति बिना म उम्मेदवारी बारे केही बोल्न सक्तिन ।’

उनले अगाडि भनेका छन्, ‘यसको मतलब स्पष्ट भन्न चाहन्छु, म कुनै ‘द्रव्यपिचास’ व्यक्तिको हातमा आफ्नो राजनिति बेच्न सक्तिन ।’ नेता झाले जसपाले सो क्षेत्रबाट उम्मेदवार बनाउने तयारी गरेको महतोप्रति संकेत गर्दै विद्रोहमा जान सक्ने धम्की दिएका छन् ।

जसपाले स्थानीय निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लालकिशोर साहलाई उम्मेदवार उठाउँदा कांग्रेसले स्वतन्त्र उम्मेदवारी दिएर जितेको धेरै भइसकेको छैन् ।

प्रकाशित : २०७९ श्रावण १२, बिहीबार ०८:२४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ