लागूऔषधसहित बर्दिबासका एक जना पक्राउ


महोत्तरी । प्रहरीले लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । प्रतिबन्धित लागूऔषध एक्सीपलन साइरुपसहित बर्दिबास ६ का २५ वर्षीय संजय परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

कठुधारस्थित माईस्थान सम्सि सडक खण्डमा अस्थाइ प्रहरी पोष्टवाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पैदल हिँडेर आइरहेका परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

उनलाई जिल्ला अदालत जलेश्वरबाट लागूऔषध मुद्दामा ५ दिन म्याद थप गरी इलाका प्रहरी कार्यालय गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

प्रकाशित : २०७९ श्रावण १४, शनिबार ०६:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ