जसपा प्रमुख सचेतकको टिप्पणी- मिश्र दोधारे र नश्लीय चरित्र भएको व्यक्ति हुन


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रमोद साहले विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र दोधारे र नश्लीय सोचको भन्दै टिप्पणी गरेका छन् ।

पूर्व नवयुराजकुमार हृदयेन्द्र वीरविक्रम शाहलाई जन्मदिनको शुभकामना दिँदै भावी राजाका रूपमा देख्न चाहेको अभिव्यक्ति दिएको प्रसंगमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्– भारतीय साधारण परिवारका आमाबाट जन्मेका छोरा छोरीलाई नागरिकता दिनु हुँदैन भन्ने मिश्र आज पारसका छोरालाई राजा बनाउने कुरा गर्नाले दोधारे चरित्र तथा नश्लीय सोचको पराकाष्ठा नाघेको छ ।

‘राज घरानाका भारतीय आमाबाट जन्मिएका पारस शाहको छोरालाई राजा स्वीकार गर्न तयार हुने रविन्द्र मिश्रले नेपालमा जन्म लिएको धर्ती पुत्रलाई नागरिकता दिन समेत कन्जुस्याइँ गरेर खोक्रो राष्ट्रवाद देखाउनेसँग देशले कस्तो अपेक्षा राख्ने हो ?,’ जसपा प्रमुख सचेतक साहको प्रश्न छ ।

प्रकाशित : २०७९ श्रावण १४, शनिबार १६:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ