अस्पताल भर्ना कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य सुधारउन्मुख


काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको चिकित्सकहरूले बताएका छन् ।

गत सोमबारदेखि नेता गिरि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । गिरिको स्वास्थ्य सुधारउन्मुख रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जयेन्द्र बज्राचार्यले जानकारी दिए ।

‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको अस्पतालमै उपचार जारी छ,’ उनले भने । स्पतालका डाक्टर पंकज वर्मनको नेतृत्वको चिकित्सक टोलीले गिरिको उपचार गरिरहेका छन् ।

नेता गिरीलाई गत सोमबार अस्पतालमा भर्ना गरिएको थियो ।गिरिलाई गत आइतबार नेपाल ल्याइएको थियो । गत वर्ष साउनदेखि गिरिको स्वास्थ्यमा समस्या देखिएको थियो । लामो समय भारतमा उपचार गराई गिरि स्वदेश फर्केका थिए ।

स्वदेश फर्केलगत्तै स्वास्थ्यमा पुनः समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो । गिरिको घाँटीमा समस्या देखिएको थियो ।

प्रकाशित : २०७९ श्रावण १५, आईतवार ०८:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ