एसईईको ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज ग्रेडवृद्धि पुरक परीक्षाको तालिका सार्वजनिक गर्दैै परीक्षा मिति तोकेको हो ।

सी वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । बैसाख ०९ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को बार्षिक परीक्षामा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई परीक्षार्थीहरुलाई बढीमा दुई विषयमा मात्र ग्रेडवृद्धि (पुरक) परीक्षामा दिन पाउनेछन् ।

परीक्षामा सहभागी हुने परीक्षार्थीहरुले आवेदन फाराम भरी प्रति विद्यार्थी ५ सय जम्मा गरेको भौचर, प्रवेशपत्रको प्रतिलिपि र ग्रेडसिट बेबसाइटबाट डाउनलोड गरेको० सहित सम्बन्धित विद्यालय मार्फत भदौ ५ गते सम्म शिक्षा विकास तथा समन्वय इकाइमा पेश गर्नुपर्नेछ ।

अन्तिम ग्रेडमा सी भन्दा कम प्राप्त गरेका विषयहरु मध्ये परीक्षार्थीहरुले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेडवृद्धि पुरक परीक्षामा सहभागी हुन पाउनेछन् ।

उक्त परीक्षा भदौ ११ र १२ गते सञ्चालन गर्ने गराउने निर्णय भएको थियो । परीक्षा बिहान ८ बजे देखि ११ बजे सम्म हुनेछ ।

प्रकाशित : २०७९ श्रावण १५, आईतवार ०९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ