Today Khoj
Advertisement
            
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

सर्दु खोलाको किनारमा किन रोए मेयर हर्क साम्पाङ ?

टुडे खोज लेखक टुडे खोज
साउन १५, २०७९, ९:०५ AM
0
सर्दु खोलाको किनारमा किन रोए मेयर हर्क साम्पाङ ?

काठमाडौं । शनिबार मिस धरानका प्रतिपस्पर्धीहरु धरानको सर्दु खोला किनारमा वृक्षरोपणका लागि गएका थिए । उनीहरुलाई साथ दिँदै धरानका धेरै युवा पनि वृक्षारोपणमा सहभागी भएका थिए ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ वृक्षरोपणका लागि पुगेका मिस धरानका प्रतिस्पर्धीको हौसला बढाउन सर्दु खोला किनारमा पुगे । तर मिस धरानका प्रतिस्पर्धीलाई सम्बोधन गर्दागर्दै उनी आफैं भावुक बने र आँशु झारे ।

उनले सुन्दर ठाउँ धरानको मान्छेको मन पनि त्यत्तिकै सुन्दर हुनुपर्ने भन्दै धरानलाई हराभरा बनाउनुपर्ने बताए । ‘हामी वृक्षारोपण गर्दैछौं, धरानलाई सफा, सुन्दर र हराभरा सबैथोक भएको शहर बनाउनुपर्छ’ उनले भने ।

आफूले मेयरमा उम्मेदवारी घोषणा गर्दा ५ हजार विरुवा रोप्ने प्रतिवद्धता गरेको तर १ करोड वटासम्म रोप्न सकिने बताए । उनले सर्दु खोलामा हिउँदमा आउँदा पनि पानी आउने बनाउनका लागि वृक्षरोपण गर्नुपर्ने पनि बताए ।

मेयर साम्पाङले मिस धरानका प्रतिस्पर्धीलाई ‘आजदेखि उप्रान्त म के प्रेरणा दिन्छु भने भन्दै एउटा गीत सुनाउन थाले र सुनाउँदा सुनाउँदै उनी भावुक बने ।

‘म देश सोच्न सकुँ
म देश बोल्न सकुँ
म देशकै निम्ति‘।’ यति भन्दै उनी रुन थाले ।
देशकै कर्म गर्न सकुँ
देशकै निम्ति मर्न सकुँ’ उनले रुँदै रुदै सुनाए ।

‘सरी म भावुक बनेँ, म तपाईहरुलाई प्रेरणा दिन आएको आफैं भावुक बनेँ’ साम्पाङले भने, ‘खुशी लाग्छ मलाई आज देश विदेशबाट भेट्न आउनुभएको छ । म एउटा सानो मान्छे हुँ, तपाईहरुले मलाइ असाधारण ठान्दिनुभएको छ, दिस इज माइ ह्याप्पिनेस ।’

मेयर साम्पाङले आफू सामान्य मान्छेले धेरैको माया पाउँदा भावुक बनेको बताए । ‘म एउटा सानो मान्छे, देश विदेशबाट यति धेरै माया गर्नुभएको छ । त्यो सम्झेर हो क्या’ उनले भने, ‘हर्षको (आँशु)‘। विस्मात र दुखको केही पनि छैन, सबै हर्षको ।’

मेयर साम्पाङ शनिबार पनि सर्दु खोलामा तटबन्ध निर्माणमा युवासँगै खटिएका थिए । अनलाइनखबर

सम्बन्धित समाचार

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सर्वोच्च अदालतको निर्णयमाथि मेयर बालेन किन आक्रोशित बने ?

सर्वोच्च अदालतको निर्णयमाथि मेयर बालेन किन आक्रोशित बने ?

मधेस : मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

मधेस : मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जना पक्राउ

मौसम अपडेट : कतै कतै मुसलाधारे वर्षाको सम्भावना, कतै चर्को घाम !

७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ

७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ

फाइदा हुनेसँग चुनावी गठबन्धन गर्ने लोसपाको निर्णय

मन्त्रिपरिषद बिस्तारको तयारीः लोसपाबाट को को बन्दैछन् मन्त्री ?

ताजा समाचार

प्रदेश २ : एक महिलाको विभत्स तरिकाले हत्या, पतिको अवस्था गम्भीर

वीरगन्जमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

सिरहाकी उषा मिश्रलाई कांग्रेस सभापति देउवाले बनाए नेपाल महिला संघको अध्यक्ष

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

जनकपुरः श्रीमती र सासुको शरीरमा आगो लगाएको आरोपमा श्रीमान् पक्राउ

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

एमाले मधेश सह-इन्चार्जमा रामदयाल मण्डल

अबदेखि डाक्टरले डाक्टरलाई गालीगलौज गर्न नपाउने

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

सय सिट दाबी गर्छौ, ९० सम्म मान्छौ : यादव

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
इमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • स्थानीय निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध