२५ दिनपछि अर्थमन्त्रालयमा जनार्दनको कमब्याक


काठमाडौं । अर्थमन्त्रीमा जनार्दन शर्मा पुनः नियुक्ति भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति जारी गर्दै बताएका छन् ।

उनको आजै साँझ शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए । कर विज्ञ भन्दै नेपाल सरकारकै पूर्व नायब सुब्बालाई जेठ १४ को राति अर्थ मन्त्रालयमा प्रवेश गराएरै करका दरहरू हेरफेर गराएको आरोप लागेपछि उनले राजीनामा दिएका थिए ।

संसदीय विशेष समितिले शर्मालाई निर्दोष सावित गरेसँगै उनलाई फेरि मन्त्रीमा फर्कने बाटो खुलेको हो ।

प्रकाशित : २०७९ श्रावण १५, आईतवार १७:४४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ