पहिराले नारायणगढ–मुग्लिन सडक अवरुद्ध


भरतपुर । पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गएरातिदेखि लगातार पानी परिरहेकाले पहिरो पन्छाउन केही असहज भइरहेको छ ।

प्रकाशित : २०७९ श्रावण १६, सोमबार ०७:२८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ