एकै परिवारका ४ जना मृत भेटिए : हत्याको आशंका, घटनास्थल पुग्यो प्रहरी


काठमाडौं । काठमाडौंको तारकेश्वरस्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटिएको छ । उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो ।

प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ । यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ ।

परिसरका एसएसपी भरत बोहराले घटना भएको जानकारी आएपछि प्रहरी टोली अनुसन्धानका लागि पुगिसकेको जानकारी दिए ।

चारै जनाको शव घरभित्र फेला पारेको प्रहरीले जनायो । विद्यालय जाने समयमा उनीहरु घरबाट ननिस्किएपछि सोधीखोजी गर्दा उनीहरु मृत भेटिएको बताइएको छ । घरभित्र धारिलो चक्कु भेटिएको प्रहरीले जनायो ।

मृतक श्रीमान-श्रीमती र छोराछोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी बोहराले बताए ।

प्रकाशित : २०७९ श्रावण १६, सोमबार १३:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ