मधेसः सिद्धार्थ बैंकको भवनमा भीषण आगलगी, नियन्त्रणमा लिन समस्या


जनकपुरधाम । महोत्तरीको बर्दिबास बजारमै सिदार्थ बैंक समेत रहेको भवनमा भीषण आगो लागेको छ । आगो लागेपछि आसपासमा भागाभाग भएको हो ।

केहिबेर अगाडी आगलगी सुरु भएपनि अहिलेसम्म नियन्त्रणका लागि बारुण यन्त्र पुग्न सकेको छैन । आगो नियन्त्रणका लागि स्थानीयबासी र प्रहरी मात्र प्रयास गरिरहेका छन् ।

जीम क्लब रहेको भवनको दोस्रो तल्लामा आगो लागेको छ । पहिलो तल्लामा सिदार्थ बैंक छ भने तल सटरहरु छन् । आगो विस्तारै बढ्दै गएपछि आसपासमा पनि क्षति पुर्याउन सक्ने अनुमान छ ।

आगलगीको कारण खुल्न सकेको छैन ।

प्रकाशित : २०७९ श्रावण १६, सोमबार १४:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ