बिहानै बानेश्वर पुगे मेयर बालेन्द्र : अन्डरग्राउण्ड पार्किङका सटर हटाउन निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आज बिहानै बानेश्वर क्षेत्रको अवलोकनमा निस्किएका छन् ।

उनले यहाँको फुटपाथको अवस्थाबारे जानकारी लिएका छन् । केही दिनअघि उनले फुटपाथमा गरिएका व्यापार हटाउन लगाएका थिए । आज त्यसको प्रगतिबारे मेयर साह अनुगमन गर्न आएको बताइएको छ ।

उनले नयाँ बानेश्वरका अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन निर्देशन दिएका छन् । मेयर साहले नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेल, घरधनी र व्यापारीहरूसहित अनुगमन गरेका थिए ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो ।

प्रकाशित : २०७९ श्रावण १७, मंगलवार १०:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ