‘आइइसी डिजाइनर रनवे ११’मा ६१ डिजाइनरका फेसन प्रदर्शन


काठमाडौं । ‘आइइसी डिजाइनर रनवे ११’ नामक फेसन शो २० अगस्ट (४ भदौ) मा आयोजना हुने भएको छ । भारतबाट ६ अन्तर्राष्ट्रिय मोडल तथा नेपालमा २४ गरेर ३० मोडलले उक्त शोमा र्‍याम्प नाप्नेछन् ।

आइइसी कलेजले आयोजनामा हुन लागेको फेसन शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गर्दैछ। नेक्स्ट मोडल्स नेपालले शोका लागि केही समयअघि अडिसनबाट २४ मोडल छनोट गरेको हो ।

होलट याक एण्ड यतिमा आयोजना हुने शोमा आइइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइन र्‍याम्पमा प्रस्तुत हुनेछ । फेसन डिजाइनर नै आइइसी कलेजका १९ औं ब्याजका पास आउट विद्यार्थी रहेका छन् ।

धेरै वर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन शो यस वर्ष विगतका भन्दा झन् उत्कृष्ट र भव्य बनाउने तयारी भइरहेको नेक्स्ट मोडल्स नेपालका संस्थापक रवि धमलाले बताए ।

‘यस शोको मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने हो,’ आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले भनिन् ।

फेसन शोको लागि अन्तर्राष्ट्रिय कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने बताइएको छ।

प्रकाशित : २०७९ श्रावण १७, मंगलवार १६:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ