मंसिर ४ चुनाव : कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीले पनि मतदान गर्न पाउने !


काठमाडौं । निर्वाचन आयोगका आयुक्त दिनेश थपलियाले चुनावमा खटिने कर्मचारीलाई अस्थायी रूपमा मतदाता परिचय पत्र बनाएर भोट दिन पाउने व्यवस्था गर्ने बताएका छन् ।

बिहीवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, ब्यारेकमा रहेका सुरक्षाकर्मीहरू, थुनुवा कैदीबन्दीलाई अस्थायी मतदाता नामावली तयार गरेर भएपनि समानुपातिकतर्फ मतदान गर्न दिनुपर्ने विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको बताए ।

सम्भवतस् यो चुनावमा यो माग पूरा गर्न आफूहरूको प्रयत्न रहने उनले स्पष्ट पारे । सरकारले मंसिर ४ मा प्रदेश र संघको चुनाव तोकेपछि आयोगले आफ्नो तयारीबारे आयोगमा पत्रकार सम्मेलन आयोजना गरेको थियो ।

प्रकाशित : २०७९ श्रावण १९, बिहीबार १७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ