काठमाडौं । देशका चारवटा प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ ।
गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेशका एक/दूई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली छ। शुक्रबा दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
राति प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।