मधेसका जिल्लाहरुमा सर्पदंश घटना बढ्यो, उपचार अभाव !


जनकपुरधाम । अधिक गर्मी र वर्षाको पानीले दुलोहरु पुरिएपछि विषालु सर्पहरु बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको छ ।

प्रादेशिक अस्पाताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका बिरामी उपचारको लागि आउने गरेका छन् । प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा.मुकेश यादवका अनुसार सर्पदंशका बिरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन् ।

गत असार महिनामा १ सय ५० जना सर्पदंशका बिरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । तराई मधेशका जिल्लाहरुमा प्रत्येक वर्ष जेठ महिनादेखि असोज महिना सम्म विषालु सर्पको बिगबिगी हुने गरेको र यी महिनाहरुमा सर्पदंशका बिरामी बढी आउने गरेको डा.यादवले बताए ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश सर्पदंशका बिरामी निको भइ घर फर्किने गरेको जनाइएको छ । समयमा स्वास्थ्य उपचार नगराई धामीझाक्रि कहाँ झारफुको लागि जाने र बिरामीको अवस्था नाजुक भएपछि मात्रै आउने विरामीलाई उपचार गर्न कठिनाई हुन्छ ।’

गाउँघरमा अझैपनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका विरामीलाई धामीझाक्रि कहाँ लगिने गरेको घटनाहरु हुँदै आएको छ ।

प्रकाशित : २०७९ श्रावण २०, शुक्रबार ०८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ