उपेन्द्र यादवलाई झट्काः जसपाका तीन ठूलो नेता एमालेमा प्रवेश


काठमाडौं । जनता समाजवादी पार्टीका दुई जना केन्द्रीय सदस्य र एक जना प्रदेश कमिटी सदस्य चुनाव घोषणा भए लगत्तै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

संविधानसभा सदस्य समेत रहिसकेका बर्दियाका मोहम्मद कासिम अली र पर्साकी आशा चतुर्वेदी एमालेमा प्रवेश गरेका छन् ।

यस्तै जसपा प्रदेश कमिटी सदस्य स्वेता श्रीवास्तव पनि पाटर्टी प्रवेश गरेकी छन् । शुक्रवार साँझ अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर जसपाका तीन नेताले एमालेको सदस्यता लिएका हुन् ।

तीनै जनालाई अध्यक्ष ओलीले एमालेमा स्वागत गरेका छन् । नव प्रवेशी नेताहरुलाई पार्टीमा उचित जिम्मेवरी दिने अध्यक्ष ओलीले आश्वासन दिएको बुझिएको छ ।

प्रकाशित : २०७९ श्रावण २१, शनिबार ०९:१९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ