नेपालमा बढ्दै कोरोना कहरः साउनमा मृत्यु हुने १८ पुग्यो


काठमाडौं । पछिल्लो पटक नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुने मध्ये सबै भन्दा धेरै कोभिडविरुद्धको खोप नलगाएका रहेको पुष्टि भएको छ ।

साउन लागेसँगै संक्रमणबाट मृत्यु हुने संख्या बढेको र मृत्यु हुने मध्य ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप लगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. खगेश्वर गेलालले बताए ।

डाक्टर गेलालकाअनुसार साउन १ गतेदेखि २१ गतेसम्म १९ जनाको मृत्यु भएकोमा १३ जना अर्थात् ७६ प्रतिशतले एक डोज पनि कोभिडविरुद्धको खोप नलाएको भेटिएको हो । उनका अनुसार मृत्यु भएका मध्ये १३ जनामा पहिले कुनै न कुनै किसिमको दीर्घ रोग भने भएको पाइएको भेटिएको छ ।

‘संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ तर महत्वपूर्ण कुरा के छ भने मृत्यु हुने मध्ये ७६ प्रतिशत एक डोज पनि कोभिडविरुद्धको खोप नलगाएको पाइएको छ,’ डा गेलालले भने ।

तर मृत्यु भएका मध्ये दुई जनाले भने पूर्ण डोज (दुई डोज) खोप लगाएको समेत उनले बताए । ‘मृत्यु भएका मध्ये दुई जनाले भने पूर्ण डोज खोप लगाए पनि उनीहरुमा दीर्घरोग रहेको भेटिएको थियो’ उनले भने ।

प्रकाशित : २०७९ श्रावण २२, आईतवार ०७:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ