काँग्रेसको जनकपुरधाम नगर समिति भंग !


जनकपुरधाम । नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका समिति भंग हुने भएको छ ।

स्थानीय तहमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका पूर्व नगरसभापति मनोज कुमार साहलाई समितिले पार्टी कार्यालयमा स्वागत गरेको अभियोगमा भंग हुन लागेको स्रोतले जनाएका छन् ।

केन्द्रीय समितिले अनुशासन सम्बन्धी जारी गरेको निर्देशिका अनुसार पार्टीबाट निलम्बनमा परेका साहको कारबाही फिर्ता नहुँदै नगरसमितिले स्वागत गरेको कारण कारबाही गर्न लागिएको छ ।

हुनत साह निर्वाचित भएपछि कांग्रेसको विजय जुलुसमा अग्रभागमा रहेका थिए । तर त्यसबेला कांग्रेसले उनलाई आफै आएको भन्दै पञ्छिएका थिए । मेयर साहलाई पार्टी कार्यालयमा गरिएको स्वागत र सम्मानमा जिल्ला सभापति योगेन्द्र पजियारको उपस्थिति थिएन् ।

मेयरमाथिको कारबाही पनि कांग्रेसले औपचारिक रुपमा फुकुवा गरिसकेको छैन् । कांग्रेस भित्रको चरम गुटबन्दीको शिकार मेयर साह हुन थालेको कतिपय नेताहरुले बताएका छन् ।

कांग्रेसका बहुमत वडा अध्यक्ष रहेको र चुनावमा उनीहरुले पनि मेयर साहका पक्षमा मतदान गरेका थिए ।

प्रकाशित : २०७९ श्रावण २२, आईतवार ०९:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ