निर्वाचन २०७९ : जनमत पार्टी एक नम्बरमा दर्ता


काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि डा. सीके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा १ नम्बरमा दर्ता भएको छ ।

निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता खुला गरेको पहिलो दिन नै जनमत पार्टी आयोगमा दर्ता भएको हो ।

पार्टी उपाध्यक्ष ई. वसन्त कुशवाहा, बबिता इसार, नरेन्द्र चौधरी, महासचिव चन्दन सिंह र कोषाध्यक्ष सूर्यनारायण यादवलगायतका नेता दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए ।

प्रकाशित : २०७९ श्रावण २२, आईतवार १३:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ