महोत्तरीमा हरिणको आक्रमणमा महिलाको मृत्यु


महोत्तरी । बर्दिबास नगरपालिकामा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका ८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्माको मृत्यु भएको हो ।

प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सोमबार साँझ घर नजिकैको जंगलमा रहेको बाँसको झ्याङमा बस्न आएको हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।

प्रकाशित : २०७९ श्रावण २४, मंगलवार १४:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ