७४ लाख रुपैयाँसहित ३ जना हुण्डी कारोबारी पक्राउ


काठमाडौं । प्रहरीले स्रोत नखुलेको ७४ लाख रुपैयाँसहित काठमाडौंको नरदेवीबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको राजस्थानका ६४ वर्षीय राजु अग्रवाल, सिन्धुपाल्चोकको मेलम्चीका २० वर्षीय रामहरी दुलाल र रौतहटको चन्द्रपुरका २४ वर्षीय सुदिप आचार्य रहेका छन् । उनीहरु हुन्डी कारोबार हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकालाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

प्रकाशित : २०७९ श्रावण २४, मंगलवार १६:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ