नागरिकता विधेयक फिर्ता पठाएकोमा जनमत पार्टीले थाल्यो राष्ट्रपतिविरुद्ध आन्दोलन


जयनाथ यादव, लहान । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएको विरोधमा जनमत पार्टी सिरहाले पूर्वपश्चिम राजमार्गमा पर्ने गोलबजारमा प्रदर्शन गरेका छन् ।

हजारौंको संख्यामा रहेका जनमत पार्टीका नेता कार्यकर्ताहरुले राष्ट्रपति भण्डारीविरुद्ध राजमार्गमा टायर बालेर प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनका कारण केहिबेर राजमार्ग अवरुद्ध बनेको थियो ।

राष्ट्रपति भण्डारीले आफ्नै देशका नागरिकलाई अनागरिक बनाउने षड्यन्त्रमा लागेको जनमत पार्टीको आरोप छ ।

प्रकाशित : २०७९ श्रावण ३०, सोमबार १७:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ