मधेसका मुख्यमन्त्री र मन्त्रीहरुको आन्दोलन स्थगित


जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेशलाई प्रहरी हस्तान्तरण गर्ने आश्वासन दिएपछि मधेस सरकारको आन्दोलन स्थगित भएको छ ।

प्रहरी समायोजनको माग राखेर मधेसका मुख्यमंत्री लालबाबु राउत‌ र मन्त्रीहरु मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा आइतबारदेखि धर्ना बस्दै आएका थिए । प्रधानमन्त्री देउवाले प्रहरी समायोजन गर्ने प्रतिबद्धता जनाएपछि धर्ना स्थगित गरेको मुख्यमन्त्री राउतले जानकारी दिए ।

चुनावपछि बन्ने सरकारले प्रहरी समायोजन गर्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले जनाएको कुरा प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री र मन्त्रीहरुलाई जानकारी गराएका थिए । त्यसपछि उनीहरुले आन्दोलन स्थगित गरेका छन् ।

प्रकाशित : २०७९ श्रावण ३१, मंगलवार १४:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ