जसपा मधेस प्रदेशको सचिवमा जीतेन्द्र यादव मनोनित


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) मधेस प्रदेशको सचिवमा जीतेन्द्र यादवलाई मनोनित गरिएको छ ।

जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले प्रदेश सचिवमा मनोनित गरेको पत्र जितेन्द्रलाई प्रदान गरेका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादवको विश्वास पात्र मानिने जितेन्द्र मुख्यमंत्री लालबाबु राउतका सल्लाहकार छन् ।

नेपाल बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका जितेन्द्र आसन्न आम निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित : २०७९ श्रावण ३१, मंगलवार १४:४७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ