Breaking- बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्दा प्रहरीद्वारा ५ राउण्ड हवाई फायर


काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर गएको गाडीलाई अवरुद्ध गरेपछि बञ्चरेडाँँडामा तनाव भएको छ ।

स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।

स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले नेपाल प्रेसलाई जानकारी दिए ।

पछिल्लो समय फोहोर व्यवस्थापनमा बञ्चरेडाँडामा तनाव चलिरहेको छ । स्थानीयहरुले फोहोर फाल्न नदिने चेतावनी दिँदै आएका छन् ।

प्रकाशित : २०७९ श्रावण ३१, मंगलवार १६:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ