पेट्रोलियम पदार्थको मूल्य घट्यो !


काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोल प्रतिलिटर १ रुपैयाँ ८० पैसा, डिजेल प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटाएर नेपाल पठाएको नेपाल आयल निगमले जनाएको हो ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमलाई घाटा नै रहेको निगमले जनाएको छ । नेपाली बजारमा अहिले प्रतिलिटर पेट्रोलको मूल्य १८१ र डिजेलको १७२ रुपैयाँ रहेको छ । निगमका अनुसार नयाँ मूल्य हेरफेर भएपछि निगमलाई १५ दिनमा ३२ करोड रुपैयाँ घाटा रहेको छ ।

प्रकाशित : २०७९ श्रावण ३१, मंगलवार १७:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ