प्रदिप गिरीको निधनपछि प्रतिनिधिसभा बैठक स्थगित


काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ ।

आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । गिरीको शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो ।

गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ र त्यसपछि आजै पशुपतिमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित : २०७९ भाद्र ५, आईतवार ०९:११

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ