सिरहामा काठ तस्कर भगाउने वन कार्यालयका तीन कर्मचारी निलम्बित


जनकपुरधाम । काठ तस्करलाई भगाएको आरोप लागेका डिभिजन वन कार्यालय सिरहा, लहानका तीन कर्मचारी निलम्बनमा परेका छन् ।

वन कार्यालयका सहायक बन रक्षक रामवृक्ष मोची, जम्दारहरु ब्रह्मदेव यादव र राम कुमार चौधरी निलम्बनमा परेका हुन् । काठ तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी ल्याइरहेको अवस्थामा फरार भएकाले तीनै जनालाई २ महिनाका लागि निलम्बन गरिएको र आवश्यक कारबाही भइरहेको बताइएको छ ।

भदौ ३ गते साँझ सिरहाको गोलबजार नगरपालिका ९ स्थित घुर्मीस्थित श्री लक्ष्मी नारायण मिलको कम्पाउण्डबाट भर्खर कटान भएको खयर जातको ६५ थान गोलिया बरामद भएको थियो ।

काठ बरामदसँगै तस्करीमा संलग्न रहेको भन्दै मिल सञ्चालक मदन ठाकुरलाई पनि वन कार्यालयको टोलीले पक्राउ गरेको थियो । तर वनकै कर्मचारीहरु ठाकुरलाई भगाएको आरोप लागेपछि अनुसन्धानका क्रममा तीनै कर्मचारीलाई निलम्बन गरिएको छ ।

प्रकाशित : २०७९ भाद्र ६, सोमबार २१:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ