मिटर ब्याजी साहको ससुराली जनकपुरबाट बरामद भयो ७१ लाख बराबरको कपाली तमसुक


जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिका–७ वाट ७१ लाख बरावरको कपाली तमसुक बरामद गरिएको छ । महोत्तरी प्रहरीले सो कपाली तमसुक बरामद गरेको छ ।

महोत्तरी जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको मिटर ब्याजी अनुरुद साहको ससुराली जनकपुरधाम ७ जानकी नगरको घरबाट एकहत्तर लाखभन्दा बढीको कपाली तमसुक बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक चन्देश्वर यादवका अनुसार उनले १३ जनासँग मिटर ब्याज चलाएर बीस लाख तेत्तीस हजार ठगी गरेको व्यहोराको उजुरी विगत डेढवर्षदेखि जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएको र त्यसपछि उनी पछि फरार भएका थिए । शनिबार पक्राउ परेका उनको ससुराली घरबाट एकहत्तर लाख चौवालीस हजार तीन सय पचास रुपैयाँको नौ थान कपाली तमसुक बरामद भएको हो ।

महोत्तरी र धनुषासहित पूर्वको झापा जिल्लासम्मका मानिससँग मिटर ब्याजको कपाली तमसुक गराएको नौ थान कपाली तमसुक प्रहरीले साह बस्दै आएको धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ७ ससुराली घरबाट बरामद गरेको छ ।

उनले ५० हजारका नौ लाखसम्मको कागज बनाएको, कतिको १२ गुणा बढीको कागज बनाएको र कतिलाई ब्याजको रकम माफ गरिदिन यौन प्रस्ताव गरेको तथा दर्जनौँ बढी व्यक्तिको थातथलो हडपेको भनेर जिल्ला प्रशासन कार्यालयमा १४ जनाले उजुरी गरेका थिए ।

यसैगरी निज साह उपर २०७७ माघ २ ९ गते महोत्तरी जिल्ला अदालतमा १४ जनाले बयालिस लाख बयाननब्बे हजार एक सय ९० बराबरको बिगो दाबीसहित ठगी तथा आर्थिक शोषण मुद्दा दायर गरेकामा उनलाई अदालतले एक लाख ५० हजार धरौटी राखी तारेखमा छाडेको थियो । सो मुद्दा अझै पनि अदालतमा विचाराधीन छ ।

मिटर ब्याजी साहलाई प्रहरीले करिब डेढ वर्षको प्रयासपछि शनिबार साँझ ७ बजेतिर भङ्गाहा नगरपालिका– ५ बाट पक्राउ गरिएकामा जिल्ला अदालतबाट म्याद थप गराइ हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

त्यस्तै साहविरुद्ध आर्थिक शोषण तथा ठगीमा परेका थप व्यक्तिसँग उजुरी लिने क्रम पनि भइरहेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए ।

प्रकाशित : २०७९ भाद्र ७, मंगलवार ०८:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ