आम निर्वाचनमा कैदीले पनि भोट खसाउन पाउने


काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो पटक कैदीबन्दीलाई मत हाल्न पाउने व्यवस्था गरिएको छ ।

देशभरका ७१ वटा कारागारमा विभिन्न अभियोगमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका एक हजार ९५४ महिला कैदीबन्दी र २४ हजार ४७५ पुरुष कैदीबन्दी गरी जम्मा २६ हजार १२९ कैदीबन्दी छन् । उनीहरुलाई कडा सुरक्षाबीच कारागारबाटै मतदानको व्यवस्था मिलाइनेछ ।

यसअघि कैदीलाई मताधिकारबाट बञ्चित गरिएको थियो । अब विदेशमा रहेका नेपालीले पनि मत खसाउन पाउने व्यवस्था गर्न माग गरिएको छ । तर यसबारे अहिलेसम्म कुनै निर्णय भइसकेको छैन ।

प्रकाशित : २०७९ भाद्र ८, बुधबार ०७:५५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ