मधेसका मुख्यमन्त्री राउतको पुत्ला जलाउने महिलालाई प्रहरीले सडकमै घिसारे…


जनकपुरधाम । जनकपुरधामको मिल्स एरिया क्षेत्रमा मधेसका मुख्यमन्त्री लालबाबु राउतको पुत्ला जलाइएको छ ।

चुरे अभियानी तथा सुकुम्बासीहरुले मुख्यमन्त्री राउतको पुत्ला जलाएका हुन् । मुख्यमन्त्री राउतको पुत्ला जलाएकै निहुँमा प्रहरीले सुकुम्बासी दलित महिलाहरुलाई सडकमा घिसारेर कुटपिट गरेका छन् ।

आन्दोलित करिब डेढ सय सुकुम्बासी तथा चुरे अभियानीलाई प्रहरीले पक्राउ समेत गरेको छ । पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आरोप लगाए ।

चुरे तथा सुकुम्बासीहरुले विगतमा भएको सम्झौता कार्यान्वयण गर्नुपर्ने, सिरहाको चोहर्वामा मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा फिर्ता लिनुपर्ने लगायतका माग राखेर निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रकाशित : २०७९ भाद्र ९, बिहीबार १८:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ