पूर्वअध्यक्ष बब्लुले माओवादी छाडे, जनमतबाट चुनाव लड्ने घोषणा


रुपन्देही । रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ ले माओवादी छाडेका छन् ।

आज जनमत पार्टी प्रवेश गर्दै उनले आगामी मंसिर ४ गतेको चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ ‘क’बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिने घोषणासमेत गरे ।

सम्मरीमाई गाउँपालिका ६ स्थित असुरैनामा आयोजित जनमत पार्टीको सभामा बोल्दै शुक्लाले आफ्नो कार्यकालमा उत्कृष्ट भएको दाबीसमेत गरे ।

जनमत पार्टीमा आएका बब्लुलाई अध्यक्ष डा. सीके राउतले स्वागत गरेका छन् ।

प्रकाशित : २०७९ भाद्र १२, आईतवार १७:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ