सर्वोच्चले मेयर बालेन शाहसँग लिखित जवाफ माग्यो


काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ ।

सोमबार अधिवक्ता दिपकराज जोशीले मेयर शाहविरुद्ध अवहेलना मुद्दा दर्ता गरेका थिए । सोही मुद्दामा सुनुवाई गर्दै अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ माग गरेको हो ।

मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको तर्क छ ।

प्रकाशित : २०७९ भाद्र १३, सोमबार १७:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ