चौठचन्द्र र तीजको अवसरमा मधेसका मुख्यमन्त्रीले भने- मुलुकमा सुख, समृद्धि तथा शान्ति छाओस्


जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दुहरुको महान चाड चौठचन्द्र (चौरचन) र हरितालिका तीजको अवसरमा शुभकामना सन्देश जारी गरेका छन् ।

मुख्यमन्त्री राउतले चौठचन्द्र र तीजको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाई, दिदी बहिनीहरुमा शुभकामना व्यक्त गरेका हुन् ।

सुख, शान्ति तथा समृद्धिको कामना गरि मनाइने चौठचन्द्र एवं पतिको दीर्घायुको कामना गरि मनाइने हरितालिका तिजले प्रदेश तथा मुलुकमै सुख, समृद्धि तथा शान्ति छाओस् भनि मुख्यमन्त्री राउतले कामना गरेका छन् ।

तीजको अवसरमा केहि पालिका र प्रदेशले सार्वजनिक विदा दिएको छ । तर तराई मधेस क्षेत्रमा श्रद्धापूर्वक मनाइने चौठचन्द्र पर्वको विदा मधेस सरकारले दिएका छैन ।

प्रकाशित : २०७९ भाद्र १४, मंगलवार १०:०५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ