रौतहटमा चट्याङ लागेर ३ महिलाको मृत्यु, चार जना घाइते


जनकपुरधाम । रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

गरुडा नगरपालिका ३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा चट्याङ लागेर उनीहरुको आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ बर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको रहेका छन् । अन्य चार जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : २०७९ भाद्र १४, मंगलवार १०:३३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ