माओवादीको आपसी झडपको भिडियो महेश बस्नेतका नाममा भाइरल


काठमाडौं । एमाले नेता महेश बस्नेतलाई काठमाडौंका मेयर बालेन साहका समर्थकले लखेटेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनाइएको छ ।

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै कानूनी प्रक्रियामा जाने बताएका छन् । गत स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादी कार्यकर्ताबीच आपसी झडप भएको थियो ।

माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिइएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमानसिंह तामाङ पक्षका कार्यकर्ताले लखेटेका थिए । सोही भिडियोलाई अहिले दुरुपयोग गरिएको हो ।

माओवादी केन्द्रकै केशव थुलुङ एसपी रेग्मी लगायतले सामाजिक सञ्जालबाट ‘नेता बस्नेतलाई वाइसीएलका युवाहरुले भौतिक आक्रमण गरेको’ भन्दै झूटो प्रचार गरेको बस्नेतको आरोप छ ।

उनले आफ्ना शुभेच्छुक तथा पार्टीका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् । यस विषयमा तत्काल साइबर क्राइममा जानकारी गराइ आवश्यक कानूनी प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

प्रकाशित : २०७९ भाद्र १४, मंगलवार १६:३६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ