चट्याङ लागेर फेरी २ जनाको मृत्यु, १२ जना घाइते


दाङ । चट्याङ लागेर दाङमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

घोराही उपमहानगरपालिका १२ गुर गाउँमा मंगलबार बेलुकी चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वीरबहादुर वलीका अनुसार चट्याङ लागेर २ को मृत्यु र १२ जना घाइते भन्ने सूचना आए पनि मृतक र घाइतेको नाम खुल्न बाँकी छ ।

घटनाबारे आज बिहान मात्रै प्रहरीमा खबर आएको थियो ।डिएसपी राजन गौतमले आज बिहान वडाध्यक्ष दोर्णबहादुर बहकरी क्षेत्रीले घटनाबारे जानकारी दिएको बताए । घटनास्थलतर्फ प्रहरी पठाइएको र चाररपाँच घन्टा हिडेर घटनास्थलमा पुगिने पनि उनले बताए ।

हिजो रौतहटमा पनि चट्याङ लागेर आमा–छोरीसहित तीन महिलाको मृत्यू भएको थियो । अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको छ । ति ठाउँहरुमा पनि चट्याङ खस्ने सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविज्ञहरुको सुझाव छ ।

प्रकाशित : २०७९ भाद्र १५, बुधबार ०८:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ