सिरहा ३ बाट काँग्रेस जिल्ला सभापति रामचन्द्र यादव उम्मेदवार सिफारिस


जनकपुरधाम । सिरहा क्षेत्र नम्वर ३ मा नेपाली काँग्रेसको तर्फबाट जिल्ला सभापति रामचन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् ।

दोस्रो संविधानसभा सदस्य समेत रहेका यादव वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा धनगढीमाई नगरपालिकाको मेयरमा पराजित भएका थिए ।

बुधवार काँग्रेस क्षेत्रिय समितिले प्रतिनिधिसभा सदस्यका लागि सभापति यादवको एकल नाम सिफारिस गरेको नेता सकलदेव यादवले जानकारी दिए ।

प्रकाशित : २०७९ भाद्र १६, बिहीबार ०९:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ