लोसपाका जिल्ला अध्यक्ष कौशलसहित दर्जनौं नेता जनमत पार्टीमा प्रवेश


जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नवलपरासी जिल्ला अध्यक्ष दिपचन्द्र कौशलसहित तीन दर्जन नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न ।

बिहिवार भैरहवामा एक कार्यक्रम बिच लोसपाका जिल्ला अध्यक्ष दिपचन्द्र कौशल ,राप्रपाका संसदीय उम्मेदवार जितेन्द्र चौधरी र पुर्व सभासद उम्मेदवार राम अबध गुप्तासहित तीन दर्जन नेताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले फुलमाला अबिर लगाएर पार्टीमा स्वागत गरेको हो । पार्टीका सदस्यता समेत वितरण गरेको पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ताले जानकारी दिए ।

प्रकाशित : २०७९ भाद्र १६, बिहीबार १७:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ