वनमन्त्री प्रदीप यादवको भ्लादिभोस्तोक भ्रमण रद्द


काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले भ्लादिभोस्तोक भ्रमण रद्द गरेका छन् । सोमबारदेखि भ्लादिभोस्तोकमा हुने दोस्रो बाघ सम्मेलनको नेतृत्व मन्त्री यादवले गर्ने यसअघि निर्णय भएको थियो ।

मन्त्री यादवले पार्टीका चुनावी गतिविधिलाई कारण देखाएर बाघ सम्मेलनमा सहभागी हुन नसकेको बताएका छन् । मन्त्री सहभागी नहुने भएपछि सचिव पेमनारायण कँडेल पनि भ्लादिभोस्तोक जाने छैनन् ।

केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भ्लादिभोस्तोकमा हुने ‘दोस्रो अन्तर्राष्ट्रिय बाघ बैठक (सेकेन्ड इन्टरनेसनल टाइगर फोरम)’ को नेतृत्व वनमन्त्री यादवले गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : २०७९ भाद्र १७, शुक्रबार ०७:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ