धनुषाः उम्मेदवार नबन्ने काँग्रेसका पूर्वसाँसद प्रसैलाको घोषणा, यस्तो छ कारण


जनकपुरधाम । नेपाली काँग्रेसका पूर्वसांसद् दिनेश प्रसाद प्रसैलाले आसन्न आम निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

धनुषा क्षेत्र नम्वर २ बाट प्रसैला उम्मेदवार बन्ने चर्चा चलेको थियो । तर उनले उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । आफ्नो नाम पनि सिफारिस नगर्न काँग्रेस क्षेत्रिय कमिटीसँग उनले आग्रह गरेका छन् ।

पार्टीको धनुषा जिल्ला अधिवेशनमा प्रसैला सभापतिको उम्मेदवार बनेपनि जित्न सकेनन् । उनले सो बेला एक व्यक्ति एक पदको नारा दिएका थिए । उनले भनेका थिए– म पार्टी जिल्ला सभापतिमा जिते वा हारे पनि विचलित नभई चारै क्षेत्रमा पार्टीलाई जिताउन भुमिका खेल्छु ।

सोही बमोजिम यादवले आसन्न आम निर्वाचनमा उम्मेदवार नबन्ने र पार्टीको निर्णय बमोजिम जो कोही उम्मेदवार भए सहयोग गर्ने बताएका छन् ।

प्रकाशित : २०७९ भाद्र १७, शुक्रबार ०९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ