मल नल्याउने ४ कम्पनी कालोसूचीमा सिफारिस


काठमाडौं । ठेक्का सम्झौता गरेर पनि समयमै रासायनिक मल नल्याउने चार कम्पनीलाई कालोसूचीमा राख्न कृषि सामग्री कम्पनीले सिफारिस गरेको छ ।

सिल्क (जेभी), देश ट्रेडर्स, जेनट्रेड र सिल्क मार्केटलाई कालोसूचीमा राख्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषिले सिफारिस गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ का लागि यी चार कम्पनीले १ लाख ५ हजार टनको सम्झौता गरेका थिए । समयमै मल आयात नगरिदिँदा धान रोपाइँको मुखमा किसानले मल पाएका थिएनन् ।

‘समयमै मल नल्याएर किसानसँगै राष्ट्रलाई पनि धोका भयो, त्यसैले चारै कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेका छौं,’ कम्पनीका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले भने  ।

आर्थिक वर्ष २०७८/७९ का लागि १ लाख ९७ हजार ५ सय टनको ठेक्का सम्झौता भएको थियो, जसमध्ये सिल्क (जेभी)सँग पटकपटक गरेर ५० हजार टनको सम्झौता भएको थियो । पहिलो सम्झौता २०७८ मंसिर ८ मा प्रतिटन ९४८ डलरमा आयात गर्ने गरी भएको थियो ।

दोस्रो पटक कात्तिक ५ मा प्रतिटन ६ सय २१ डलरमा आयात गर्ने गरी २५ हजार टन मल आयातको सम्झौता भएको थियो  ।

प्रकाशित : २०७९ भाद्र १८, शनिबार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ