सिरहा, धनुषासहित मधेसका जिल्लाहरुमा वर्षा जारी, किसानलाई राहत


सिरहा । सिरहा, धनुषा, सप्तरी लगायतका मधेसका जिल्लाहरुमा आज विहानैदेखि वर्षा भइरहेको छ । शुक्रवार र शनिवार पनि मधेसका जिल्लाहरुमा वर्षा भएको थियो ।

वर्षा भएपछि धान खेतीलाई फाइदा पुगेको किसानहरु बताउँछन् । धान खेत सुक्न लागेपछि किसानहरु चिन्तित बनेको थियो । तर वर्षा भएपछि अब किसानले राहत महसुस गरेका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले बागमती प्रदेशका थोरै स्थान र अन्य प्रदेशका एक÷दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

प्रकाशित : २०७९ भाद्र १९, आईतवार ०९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ